Tuesday, November 17, 2009

विद्यार्थी विरामी हुन थालेपछि पोखराका विद्यालय बन्द हुन था


विद्यार्थीहरुमा दिनप्रतिदिन रुघाखोकी र ज्वरोको समस्या देखिन थालेपछि स्वाइनफ्लूको आशंकामा पोखराका विद्यालयहरु धमाधम बन्द हुन थालेका छन्।
चारदिन अघि पोखरामा १५ जनामा स्वाइनफ्लू भेटिएको पुष्टि भएकोमा चिकित्सकहरुले विद्यालय बन्द गर्नु नपर्ने बताए पनि रुघाखोकी र ज्वरोको समस्या देखिन थालेपछि विद्यालय बन्द हुन सुरु भएको हो।
स्वाइनफ्लू भेटिएका बिरामीहरु १४ वर्ष उमेर समूहभन्दा कम भएको पुष्टि भएकोले विद्यार्थीहरुमा रोग फैलिन नदिन यसरी विद्यालयहरु बन्द गर्न थालिएको सञ्चालकहरुले जनाएका छन्।
पोखराको माटेपानीस्थित हिलप्वाइण्ट वोर्डीङ स्कुल मंगलवार र वुधवारका लागि बन्द गरिएको छ भने नयाँबजारस्थित सगरमाथा निकेतन वोर्डीङ स्कुल र मासवारस्थित मदरल्याण्ड उच्च माविलगायतका एक दर्जन विद्यालयहरु शुक्रवारसम्मका लागि बन्द गरिएको छ। बन्द हुने विद्यालयहरु सबै निजीस्तरका हुन्।
विद्यार्थीहरु विरामी हुनेक्रम नरोकिएपछि अभिभावकहरुकै आग्रहमा विद्यालय बन्द गरेका हौ मदरल्याण्ड उच्च माविका निर्देशक त्रिभुवन शर्माले भने – विद्यालयमा करिव दुई सय विद्यार्थी रुघा खोकी र ज्वरोबाट ग्रसित बनेपछि विद्यालय बन्द गर्न नै उचित हुने ठान्यौ।
एनप्याव्सन कास्कीका अध्यक्ष रामप्रसाद शर्माले स्वाइन फ्लुबाट सतर्कता अपनाउन विद्यार्थीहरुलाई मास्क लगाउन अनिवार्य गरिएको छ भने विद्यालयहरुमा तातो पानीको व्यवस्था मिलाउन सवै विद्यालयलाई निर्देशन दिएको बताए। सरकारी विद्यालयमा बिरामीहरु बढे पनि बन्द गर्ने वा नगर्ने भन्नेबारेमा यकिन भैसकेको छैन।
यसैवीच, पश्चिमाञ्चल विकास क्षेत्रमा स्वाइन फ्लूको अवस्था बुझ्नका लागि राजधानीबाट सात सदस्यीय स्वास्थ्य विशेषज्ञको टोली आज पोखरा आएको छ।
एभिएन इन्फ्लुएञ्जा कन्ट्रोल प्रोजेक्टका डाइरेक्टर डा.श्यामसुन्दर मिश्रको नेतृत्वमा स्वास्थ्य विशेषज्ञको टोली पोखरा आएको हो। पोखरामा भित्रिएको स्वाइन फ्लूको बारेमा सरकारी निकायबाट पुष्टि नगरिएको अवस्थामा राजधानीबाट आएको स्वास्थ्य विशेषज्ञको टोलीले त्यसबारेमा सत्य तथ्य कुरा जानकारी गराउने जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रवक्ता डम्वरबहादुर बानियाँले बताए।
उनका अनुसार भोलि पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा पत्रकार सम्मेलन आयोजना गरी स्वाइन फ्लुको वर्तमान अवस्थाका बारेमा पत्रकारहरुलाई जानकारी गराउने कार्यक्रम तय गरिएको छ।
टोलिले भोलि नै पोखरामा रहेका स्वास्थ्य सेवा केन्द्रका प्रतिनिधिहरुसँग छलफल एकआपसमा समन्वय कायम गरी अघि बढ्न आग्रह गर्ने बताइएको छ। त्यसैगरी इपिडियोलोजिष्ट राजकुमार महतोको नेतृत्वमा तीन सदस्यीय टोलि स्वाइन फ्लुको अवस्था बुझ्न स्याङजाहुँदै अर्घाखाँचीसम्म पुग्ने बताइएको छ।

1 comment:

  1. I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

    DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY
    OK.

    ReplyDelete