Sunday, November 15, 2009

मनाङ एअरको हेलिकोप्टर दुर्घटना, एकको मृत्यु


मनाङ एअरको एमआई १७ नाइन एन एएचटी हेलिकप्टर हुम्लाको रोदीकोटमा दुर्घटना भएको छ । दुर्घटनामा रसियन नागरिक फ्लाइट इन्जिनियर सर्गेइको मृत्यु भएको छ। अन्य पाँच घाइते छन्|
घाइतेको अवस्था खतरामुक्त छ।

घाइतेहरुमा रसियन पाइलट डी सेट्लोभ, को-पाइलट राजु भण्डारी, चार्टड अकाउन्टेन्ड कृष्णचन्द्र अमात्य, ओभरसियर विष्णुबहादुर चौधरी तथा स्थानीय लोकबहादुर छन्। घाइतेहरु सबै होसमा छन्। उनीहरुलाई सुर्खेतबाट गएको श्री एयरलाइन्सको हेलिकोप्टरले उद्दार गरेको थियो। सुर्खेतमा सामान्य उपचारपछि थप उपचारका लागि घाइतेहरुलाई काठमाडौं लगिएको छ।

सुर्खेतबाट खानेपानीको पाइप र अन्य निर्माण सामाग्री लिएर हुम्लाको रोदीकोटतर्फ गएको हेलिकोप्टर बिहान ११ : १५ मा दुर्घटना भएको हो। दुर्घटनाग्रस्त विमानमा दुई जना यात्रु र चार जना चालक दलका सदस्य थिए।

काठमाडौंस्थित मनाङ एयरको कार्यालयले भने हेलिकोप्टरमा सवार सबै जना सकुशल रहेको जनाएको छ। तर घटनाको थप विवरण आउन बाँकी छ। मौसमको खराबीका कारण दुर्घटना भएको बताइएको छ। रोदीकोट हुम्ला सदरमुकामबाट दुई दिन परको पैदल दुरीमा पर्छ।

No comments:

Post a Comment