
सीडीओलाई थप्पड हानेर चर्चमा रहेकी राज्यमन्त्री करिमा बेगमलाई पक्रन प्रहरीले पक्राउ पूर्जी जारी गरिसकेको छ। तर उनलाई पक्रने कसले ? हिजो त उनले सिंहदरबारभित्र गृहमन्त्रीसित बसेर भोज खाएछन्। कान्तिपुर टेलिभिजनको प्राइम टाइम समाचारमा हिजो लाइभ इन्टरभ्युका लागि उनलाई बोलाइएको थियो। ‘अस्पष्ट’ कुरा राख्छु भन्दाभन्दै उनले साँच्चिकै अस्पष्ट कुरा नै राखिन्। १३/१३ मिनेटसम्म कुरा गरेको गर्यै। कान्तिपुर टिभीको इतिहासमा नै सबैभन्दा लामो प्राइम टाइम लाइभ इन्टरभ्यु यही थियो कि के हो ! न्युज एंकरहरु रुपेश र सिम्रिकाले समय सकियो भनेर रोक्न खोज्दा त क्या झम्टेकी मन्त्री। “मलाई बोलाएर बोल्न दिनुपर्यो नि ! तपाईँ सँग समय छैन भनेर पाइन्छ ?” भनेर सातो खान खोजिन्। कसो चड्कन लगाएनन् उनले लाइभमा न्युज एंकरलाई नै।पक्राउ पूर्जी जारी भइसक्यो, अब आत्मसमर्पण गर्ने कि लुके हिँड्ने भनेर सोध्दा उनले दुवै गर्दिन भनिन्।
No comments:
Post a Comment